तरार्इमा जागरण चलाउँदै एमाले, यी २१ सहरमा सभा हुने


 


काठमाडाैं, माघ ७

प्रमुख प्रतिपक्षी एमालेले तराई–मधेसको जनमत जोगाउँदै चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यसहित तराईका २१ मुख्य सहरमा सभा गर्ने भएको छ ।

झापाको काँकडभिट्टामा फागुन २१ गते पहिलो सभा गर्ने एमालेले कञ्चनपुरको महेन्द्रनगरमा चैत १ मा अन्तिम सभा गर्नेछ । कात्तिकदेखि चलिरहेको चार महिने देशव्यापी अभियान सकिनेबित्तिकै सभा र शक्ति प्रदर्शनसहितको तराई केन्द्रित मेची–महाकाली विशेष अभियान सुरु हुने एमालेले जनाएको छ ।

अभियानअन्तर्गत काँकडभिट्टा, दमक, इटहरी, कञ्चनपुर, राजविराज, लहान, ढल्केबर,जनकपुरधाम, हरिओन, चन्द्रनिगाहपुर, पथलैया, वीरगन्ज, हेटौंडा, भरतपुर, कावासोती, सुनवल, बुटवल, लमही, नेपालगन्ज, गुलरिया, लम्की, धनगढी, अत्तरिया, महेन्द्रनगर र सुर्खेत, वीरेन्द्रनगरमा सभा हुने एमालेले जनाएकाे छ ।

प्रकाशित मिति: ७ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्