सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै


 


काठमाण्डौ, माघ ७

व्यवस्थापिका संसदको बैठक बस्नुअघि शुक्रबार सभामुख ओनसरी घर्तीले मुख्य दलका प्रमुख सचेतहरुसँग छलफल गर्दै्छिन्। निर्वाचनसँग सम्बन्धित कानुन र संविधान संशोधन विधेयकलाई तत्काल टुंगो लगाउने उद्देश्यले अनौपचारिक छलफलमा रहेकी सभामुख घर्तीले प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेकी हुन्।

संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठक बस्नुअगावै सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्ने संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिए । दलहरुबीच सहमति जुट्न नसक्दा निर्वाचन र संविधान संशोधनसम्बन्धी विधेयक प्राथमिकतामा परेका छैनन्।

शुक्रबारको बैठकमा संसदको विकास समितिको मूल्याङ्कन प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ। सरकार संविधान संशोधन विधेयकको पक्षमा दुई तिहाई पुर्‍याउने कसरतमा छ भने विपक्षी दलहरु आफ्नो मत जोगाउने रणनीतिमा छन्।

प्रकाशित मिति: ७ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्