दुर्घटनामा ६ जनाको मृत्यु



प्यूठान, माघ १४

प्यूठानको दाङबाङ­ ६ कोलबोटमा स्थानीय सडक खन्न गएको जेसीबी डोजर पल्टिँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

बिहीबार बेलुका ९ बजे ना १ ख ३३१९ नम्बरको जेसीबी दुर्घटना हुँदा दाङबाङ­६ का २० वर्षीय शेषकान्त आचार्य, १२ वर्षीय ज्ञानेन्द्रबहादुर गाहामगर र दाङबाङ­८ का १७ वर्षीय जेसीबी सहचालक दिपक गाहामगरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

गम्भीर घाइते ६ जनालाई बिहीबार राती नै उपचारको लागि भैरहवा मेडिकल कलेजमा लगिएको जिल्ला प्रहरी प्रमुख डिएसपी रञ्जीतसिंह राठौरले बताए । जेसीबी सडकबाट तीन सय मिटर तल खसेको दाङबाङ मावि अमिलीका शिक्षक पूर्णबहादुर गयलमगरले जनाकारी गराए ।

यसैगरी, नवलपरासीको त्रिवेणीधामका लागि कपिलवस्तुबाट तिर्थालु बोकेर आएको बीप बिहीबार राती दुर्घटना हुादा १ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार लु १ ज १०८ नम्बरको जीप अनियन्त्रित भई रामग्राम–३ स्थित रामखण्डपुलमा ठक्कर खाादा जीप चालक कपिलवस्तु शिवनगर–९ अजिगरा बस्ने वर्ष २७ का राकेश कुमालको मृत्यु भएको हो । घाइतेको बुटवलमा उपचार भइरहेको छ । दुर्घटनामा सोही ठाउा बस्ने अन्य १७ जना घाइते भएका छन् । गम्भीर घाइते हुनेमा सत्यनारायण कहार, झीगुर रैदार, ज्ञानमती रैदास र बुदु रैदास रहेका प्रहरीले जनाएको छ ।

यस्तै पूर्वका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । पाँचथरको रानीगाउँमा मे १ त ३६९० नम्बर ट्याक्टर पल्टँदा त्यसमा सवार स्थानीय ५२ वर्षीय भीमप्रसाद गुरुङको बिहीबार राती मृत्यु भएको पूर्वक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टरमा सवार मानबहादुर राई र चालक जयकुमार राई घाइते भएका छन् ।

यसैगरी उदयपुरको त्रियुगा नगरपालिका ११ मा स १ च ९९५ नम्बर पिकअपको ठक्करले स्थानीय १० वर्षीय आयुष कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News