सुनको भाउ बढ्यो


 


काठमाण्डौ,माघ १६

साताको पहिलो दिन आज फाइन गोल्डको मूल्य बढेको छ । साताको अन्तिम दिन ५४ हजार ६ सयमा कारोबार भएको फाइन गोल्डको मूल्य आज प्रतितोलामा २ सयले बढेर ५४ हजार ८ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै स्टाण्डर्ड गोल्डको मूल्य पनि बढेको छ । शुक्रबार स्टाण्डर्ड गोल्डको मूल्य ५४ हजार ३ सय रहेकोमा आज तोलामा २ सयले बढेर ५४ हजार ५ सय कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि बढेको छ । आज प्रतितोलामा १५ रुपैयँँले बढेरर चाँदी प्रतितोला ८ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १६ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्