वार्षिकोत्सव सम्पन्न


 


अर्जुन दुङमाली राई

पौवादुङमा (भोजपुर) माघ १६

जिल्लाको च्याङग्रे स्थित सिंहदेवी प्राथमिक विद्यालयको ३९औं वार्षिकोत्सव कार्यक्रम एक भव्य समारोहका बीच सम्पन्न भएको छ । वि.सं. २०३५ साल माघ १६ गतेकै दिन स्थानीय शिक्षाप्रेमीहरुको प्रयासमा विद्यालयको स्थापना भएको स्थानीय अभिभावकहरुले बताए ।

कार्यक्रमको पहिलो चरणमा प्र.अ. लक्ष्मी सञ्जेलद्वारा विद्यालयको वार्षिक गतिविधि योजनाहरुका साथमा गत वर्षको करीब साढे नौ लाख बराबरको आय व्यय प्रस्तुत गर्नु भएको थियो । विद्यालयका विकासका निम्ति अभिभावकहरुले सक्दो सहायता पुर्याउँदै आउनु भएको र भावि दिनहरुमा समेत सहयोगको अपेक्षा रहेको प्रअ सञ्जेलले व्यक्त गरे ।

कार्यक्रमको अवसरमा विद्यालयको वृत्ति विकासको निम्ति आर्थिक सहायता पुर्याउनु हुने सम्पूर्ण महानुभावहरुलाई कदर पत्र प्रदान गरी सम्मान गरिएको छ । त्यसैगरी विद्यालयमा शिक्षण सिकाइ कार्यमा उत्कृष्ट ठहरिएका शिक्षक नीलिमा नेपाली पनि सम्मानित भइन ।

वार्षिकात्सवको अवसरमा विगत तीन दिन अघि दखि नै विविध प्रतिस्पर्धात्मक खलकूद स्््ञ्चालन गरिएको थियो । समापन एवम् मू्ख्य समाराह आजैका दिन खुला लोक नृ्त्य प्रतियोगिता समेत सञ्चालन भयो । विभिन्न प्रतिस्पर्धाका विजयी टोलीहरु, अध्ययनमा उत्कृष्ट विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गरियो ।

च्याङग्रे, सानोदु्म्मा, वास्तिम, याकु लगायात गाविसका विद्यालयका प्रतिनीधि अतिथि र नृ्त्य प्रतिस्पर्धीहरुको उल्लेख्या सहभागीता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि स्रोतव्यक्ति तीर्थप्रसाद खनाल र विव्यस अध्यक्ष कुमार खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सिंहदेवी प्राथमिक विद्यालय च्याङग्रे गाविसको वडा नं. १ मा अवस्थित छ । यस विद्यालयमा तीन जना शिक्षक दरवन्दी र कक्षा ५ सम्मको पठन पाठन भइरहेको छ । च्याङग्रे गाविसको वडा नं. १ मात्र यसको सेवाक्षेत्रको रुपमा रहँदै आएको छ ।

प्रकाशित मिति: १६ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्