१२ अंकले नेप्से घट्दा ९ अर्ब ६५ करोडको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ बिन्दुमा पुगेको हो। नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ।
यसदिन ३१६ स्क्रिप्सको २ करोड २ लाख ५३ करोड ९९३ कित्ता सेयर ९ अर्ब ६५ करोड १५ लाख १३ हजार २४६ रुपैयाँमा खरिदबिक्री भए।
बुधबार १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो। बुधबार नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ विन्दुमा अडिएको थियो।
यसदिन एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो।
कारोबारमा आएका स्टक्समध्ये १०१ वटाको मूल्य बढ्यो भने १३८ वटाको घट्यो। पाँच स्टक्सको मूल्य भने आज स्थिर रह्यो। दुई समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्।
प्रकाशित मिति: २० भदौ २०८१, बिहिबार
















