दुर्घटनामा तीन जनाको मृत्यु


 


काठमाडौं, माघ १७

पाल्पा, मकवानपुर र सर्लाहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । अन्य एक जना घाईते भएका छन् । पाल्पाको कोलेडाँडा ८ मा लु ३ त ५१०५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा गएराती स्थानीय ६३ वर्षिय केशबहादुर बरालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेको थियो । दुर्घटनामा घाईते भएका ट्रयाक्टर चालक नवलपरासी तिलकपुर ५ का २७ वर्षिय थिरीराज थारुको लुम्बिनि मेडिकल कलेजमा उपचार भैरहेको छ । मकवानपुरको हेटौडामा ट्रकको ठक्करबाट काठमाडौँ बालाजुका ४० वर्षिय प्रेमनाथ अर्यालको मृत्यु भएको छ ।

ना ३ ख ६०२० नम्बरको ट्रकले गएराती ठक्कर दिँदा घाईते भएका अर्यालको उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जानकारी दिएकोछ । पहिचान हुन नसकेको सवारी साधनको ठक्करबाट सर्लाहीमा हरिवनमा साईकलयात्री ५० वर्षिय जमदार घिसिङ्गको मृत्यु भएको प्रहरीले जनाएको छ । फरार सावारी साधनको खोजी भैरहेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्