प्याब्सन प्रदेश नम्बर १ मा घिमिरे



इटहरी, माघ १७

नीजि तथा आवासीय विद्यालय एशोसिएसन (प्याब्सन) १ नम्बर प्रदेशको प्रथम भेलाले झापाका नारायण घिमिरेको अध्यक्षमा २३ सदस्यीय कार्यसमिती चयन गरेको छ ।

गौरादहको माउण्ट एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कूलका प्रिन्सीपल घिमिरे यस अघि झापाको अध्यक्ष हुंदै केन्द्रीय सदस्य थिए । समितीको बरिष्ठ उपाधक्ष्यमा हेमराज अधिकारी –तेह्रथुम) उपाध्यक्ष एल.डी.राई (झापा) उपाधक्ष्य कविन्द्र मण्डल(सुनसरी),सचिबमा टिका ढकाल (मोरङ) चयन भएका छन् ।

यसैगरी कोषाधक्ष्यमा नन्द नेउपाने –धनकुटा) सहकोषाधक्ष्य प्रकाश भक्तराज –इलाम) सहसचिब किशोर ताम्राकार (उदयपुर) र अर्का सहसचिब संजय यादब(मोरङ) चयन भएका छन् ।

अध्यक्ष घिमिरेका अनुसार समितीमा प्रत्येक जिल्लाबाट एक एकजना गरी १४ जना सदस्य छन् । यसैगरी प्याब्सनका जिल्ला अध्यक्षहरु प्रदेश समितीको पदेन सदस्य रहने व्यबस्था छ । समिती अध्यक्ष सहित अधिकांस स्थानमा एमाले समर्थितहरु च्यन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News