७० जना माओवादीका केन्द्रीय सदस्यद्धारा राजिनामा
काठमाण्डौ,माघ १८
पार्टीको संगठन भद्रगोल र अस्तव्यस्त बन्दै गएकोप्रति असन्तुष्टि जनाउदै नेकपा माओवादी केन्द्रका ७० जना केन्द्रीय सदस्यहरुले सामुहिक रुपमा राजिनामा दिएका छन् । पार्टी केन्द्रीय कार्यालयमा नेताहरुले सामुहिक राजिनामा बुझाएका हुन् ।
राजिनामा दिनेहरुमा माओवादी केन्द्रका सिन्धुपाल्चोक जिल्लामा कार्यरत पोलिटव्युरो सदस्य कृष्णप्रसाद सापकोटा, केशव नेपाल, केन्द्रीय सदस्यहरु दावा तामाङ, झम्क प्रसाद पराजुली, राजकुमार श्रेष्ठ, माधव सापकोटा युवराज दुलाल, सरल सहयात्री, अमृता नेपाल लगायत ७० जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर सहित कार्यालयका मुख्य सचिवलाई राजिनामा बुझाएका छन् ।