पुरुषका लागि आयो नयाँ गर्भनिरोधक प्रबिधि !


 


कण्डमपछि वैज्ञानिकहरुले पुरुषहरुका लागि नयाँ गर्भनिरोधक परीक्षण गरेका छन्  । बाँदरमा गरिएको उक्त परीक्षण सफल भएको दाबी गरिएको छ ।

एक क्रिमको माध्यमबाट पुरुषमा हुने शुक्रकिटको प्रवाहलाई रोक्नसक्ने बताइएको छ। उक्त क्रिम पुरुषको त्यो ट्युबमा हाल्नपर्छ जहाँबाट शुक्रकिट लिङ्गतर्फ जाने गर्छन् ।

यो गर्भनिरोधक ल्याउने कम्पनीका अनुसार दुई वर्षको परीक्षणपछि यसले काम गरिररहेको तथ्य पुष्टि भएको थियो । यो परीक्षण बाँदर प्रजातिमा कामसमेत गरेको कम्पनीको दाबी छ ।

केही वर्षमै यो पुरुषहरुको प्रयोगका लागि ल्याउन सकिने कम्पनीले उल्लेख गरेको छ। हाल पुरुषहरुमा दुई तरिकाबाट गर्भ्निरोध गर्न सकिन्छ ।

एक कण्डमको प्रयोग र अर्को नसबन्दी । क्रिमवाला विधि नसबन्दीजस्तै भएको कम्पनीको दाबी छ। शोधकर्ताले नसबन्दीविपरीत पुरुषले बच्चा जन्माउने फैसला बदल्न चाहे यो क्रिम उपयोगी बन्नसक्ने बताएका छन् ।

प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्