यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, मंसिर २० । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३४ रुपैयाँ २९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८९ रहेको छ ।
युरोपियन युरो १ को खरिददर १४२ रुपैयाँ ११ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा रहेको छ ।
युके पाउण्ड स्टर्लिङ १ को खरिददर १७१ रुपैयाँ ४३ र बिक्रीदर १७२ रुपैयाँ १९ पैसा कायम भएको छ ।
स्वीस फ्रयाङ्क १ को खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३३ पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १८ पैसा रहेको छ ।
यस्तै क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ २१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।
प्रकाशित मिति: २० मंसिर २०८१, बिहिबार












