यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर


 


काठमाडौँ, मंसिर २१ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८८ पैसा कायम भएको छ ।

युरोपियन युरो १ को खरिददर १४२ रूपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ दुई पैसा रहको छ ।

युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १७२ रूपैयाँ ७ पैसा र बिक्रीदर १७२ रूपैयाँ ८३ पैसा कायम भएको छ ।

स्वीस फ्रयाङ्क १ को खरिददर १५३ रूपैयाँ १ पैसा र बिक्रीदर १५३ रूपैयाँ ६९ पैसा कायम तोकिएको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रूपैयाँ ७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४५ पैसा रहेको छ ।

यस्तै क्यानेडियन डलर १ को खरिददर ९६ रूपैयाँ २३ पैसा र बिक्रीदर ९६ रूपैयाँ ६५ पैसा निर्धारण गरिएको छ ।

प्रकाशित मिति: २१ मंसिर २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्