कति छ आजका लागि विदेशी मुद्राको विनिमय ?
काठमाडौं, मंसिर २३ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३५ रूपैयाँ २१ पैसा र बिक्रीदर १३५ रूपैयाँ ८१ पैसा कायम भएको छ ।
युरोपियन युरो १ को खरिददर १४३ रूपैयाँ सात पैसा र बिक्रीदर १४३ रूपैयाँ ७१ पैसा रहेको छ ।
युके पाउन्ड स्ट्रलिङ १ को खरिददर १७२ रूपैयाँ ५७ र बिक्रीदर १७३ रूपैयाँ ३३ पैसा तोकिएको छ ।
स्वीस फ्रयाङ्क १ को खरिदर १५४ रूपैयाँ आठ पैसा र बिक्रीदर १५४ रूपैयाँ ७६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रूपैयाँ २१ पैसा कायम भएको छ ।
क्यानेडियन डलर १ को खरिदर ९६ रूपैयाँ ३० पैसा र बिक्रीदर ९६ रूपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।
प्रकाशित मिति: २३ मंसिर २०८१, आइतबार