कति छ आजका लागि विदेशी मुद्राको विनिमयदर ?
काठमाडौँ, मंसिर २५ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३५ रूपैयाँ २८ पैसा र बिक्रीदर १३५ रूपैयाँ ८८ पैसा कायम भएको छ ।
युरोपियन युरो १ को खरिददर १४३ रूपैयाँ १३ पैसा र बिक्रीदर १४३ रूपैयाँ ७७ पैसा तोकिएको छ ।
युके पाउन्ड स्ट्रलिङ १ को खरिददर १७२ रूपैयाँ ८९ र बिक्रीदर १७३ रूपैयाँ ६५ पैसा रहेको छ ।
स्वीस फ्रयाङ्क १ को खरिदर १५३ रूपैयाँ ९६ पैसा र बिक्रीदर १५४ रूपैयाँ ६५ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकले अष्ट्रेलियन डलर १ को खरिददर ८७ रूपैयाँ २२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६१ पैसा तोकिएको छ ।
क्यानेडियन डलर १ को खरिदर ९५ रूपैयाँ ७० पैसा र बिक्रीदर ९६ रूपैयाँ १२ पैसा निर्धारण गरिएको छ ।

प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलबार












