सुनको मूल्य आज ह्वात्तै बढ्यो, कति पुग्यो ?


 


काठमाडौैं, मंसिर २५ । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ ।

सुन आज तोलामा दुई हजार एक सय बढ्दै प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार सुन हिजो प्रतितोला एक लाख ५१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि एकैदिन तोलामा ६० रुपैयाँ बढेको छ ।

हिजो प्रतितोला एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्