कति आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, मंसिर २६ । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिदर १३५ रूपैयाँ ४७ पैसा र बिक्रीदर १३६ रूपैयाँ ०७ पैसा कायम भएको छ ।
युरोपियन युरो १ को खरिददर १४२ रूपैयाँ ६८ पैसा र बिक्रीदर १४३ रूपैयाँ ३२ पैसा तोकिएको छ ।
युके पाउन्ड स्ट्रलिङ १ को खरिददर १७२ रूपैयाँ ८९ र बिक्रीदर १७३ रूपैयाँ ६६ पैसा रहेको छ ।
स्वीस फ्रयांक १ को खरिदर १५३ रूपैयाँ ९७ पैसा र बिक्रीदर १५४ रूपैयाँ ६५ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकले अष्ट्रेलियन डलर १ को खरिददर ८६ रूपैयाँ ६५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ०३ पैसा तोकिएको छ ।
क्यानेडियन डलर १ को खरिदर ९५ रूपैयाँ ६२ पैसा र बिक्रीदर ९६ रूपैयाँ ०४ पैसा निर्धारण गरिएको छ ।

प्रकाशित मिति: २६ मंसिर २०८१, बुधबार












