यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर


 


काठमाडौं, मंसिर २८ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अमेरिकी डलर १ को खरिदर १३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०८ पैसा कायम भएको छ ।

युरोपियन युरो १ को खरिददर १४२ रुपैयाँ २९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९२ पैसा रहेको छ ।

युके पाउन्ड स्ट्रलिङ १ को खरिददर १७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

स्वीस फ्रयाङ्क १ को खरिदर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकले अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा रहेको छ ।

यस्तै क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९६ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।

प्रकाशित मिति: २८ मंसिर २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्