सुनको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?


 


काठमाडौं, मंसिर ३० । नेपाली बजारमा सुनको मूल्य आज (आइतबार) पनि घटेको छ ।

गत शुक्रबार अघिल्लो दिनको तुलनामा एक हजार दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज थप दुई हजार दुई सय रुपैयाँ घटेर प्रतितोला एक लाख ५० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन गत शुक्रबार प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३० मंसिर २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्