हिन्द महासागरको मायोट द्वीपमा शक्तिशाली तुफान



एजेन्सी । हिन्द महासागरको मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफानले ठूलो जनधनको क्षति गरेको छ ।

फ्रान्सको स्वामित्वमा रहेको भनिएको यो द्वीपमा ‘चिडो’ नामको चक्रवाती तुफानका कारण कम्तिमा एक सय जनाको मृत्यु भएको हो ।

यो संख्या अझै बढ्न सक्ने बताइएको छ ।

२२५ किलोमिटरको गतिमा आएको तुफानलाई एक सय वर्षयताकै सबैभन्दा शक्तिशाली भनिएको छ ।

प्रकाशित मिति: १ पुस २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्