नेपाल पे मार्फत फण्ड ट्रान्स्फर गर्दा शुल्क नलाग्ने



काठमाडौं १ पुस । एनसीएचएलले १६ वर्ष पुगेको अवसरमा नेपाल पे मार्फत गर्ने फण्ड ट्रान्स्फर निःशुल्क गरिएकोे छ ।

डिजिटल भुक्तानी पूर्वाधार स्थापना तथा प्रबद्र्घनमा १६ वर्ष हुँदै गरेको डिजिटल कारोबारलाई प्रबद्र्धन गर्न भन्दै मोबाइल नम्बरको आधारमा गरिने नेपाल पे फण्ड ट्रान्स्फर निःशुल्क गरिएकोे जनाएको छ ।

नेपाल पे को सुविधा उपलब्ध रहेको बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग ग्राहकहरु तथा कनेक्टआइपीएस प्रयोगकर्ताहरूले पौष १६ गतेसम्मका लागि बिना शुल्क ३१ ओटा बैंक वित्तीय संस्थाहरुमा निशुल्क फण्ड ट्रान्स्फर गर्न सक्नेछन् ।

हाल नेपाल पेको सुविधा कनेक्ट आइपिएस तथा कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक, गरिमा विकास बैंक तथा साग्रिंला विकास बैंकका मोबाइल बैंकिङ्ग एपहरूमा उपलब्ध रहेको छ ।

प्रकाशित मिति: १ पुस २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्