सुनको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, पुस ४ । नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य घटेको छ ।
सुन आज तोलामा एक हजार सात सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य हिजो पनि अघिल्लो दिनको तुलनामा सात सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ ।
चाँदी आज तोलामा ५५ रुपैयाँ घट्दै प्रतितोला एक हजार सात सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: ४ पुस २०८१, बिहिबार