सुनको मूल्य कति छ आज ?
काठमाडौं, पुस ९ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।
सुन आज प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
आज सुनको मूल्य स्थिर रहेपनि चाँदीको मूल्य भने बढेको छ ।
चाँदी आज तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार आठ सय पाँच रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति: ९ पुस २०८१, मंगलबार












