सुनको मूल्य तोलाको कति छ आज ?
काठमाडौं, पुस २३ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।
सुन आज पनि प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन तीन दिनदेखि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको मूल्य स्थिर रहेपनि चाँदीको मूल्य भने बढेको छ ।
चाँदी आज तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २३ पुस २०८१, मंगलबार