कुटपिटबाट रुपन्देहीमा इँटा मजदुरको मृत्यु, ट्याक्टर चालक नियन्त्रणमा
रुपन्देही । रुपन्देहीमा इँटा उद्योगमा काम गर्ने मजदुरको कुटाइबाट एक मजदुरको ज्यान गएको छ ।
सियारी गाउँपालिका –७ हिरागन्जस्थित न्यू कामना इँटा उद्योगमा काम गर्ने एक भारतीय नागरिकको कुटपिटबाट मृत्यु भएको हो ।
सोही उद्योगमा ट्याक्टर चालकका रूपमा काम गर्ने सियारी-६ का १९ वर्षीय कृष्ण केवटको कुटपिटबाट भारतको गोरखपुर जगलका अन्दाजी ४० वर्षीय निष्ठुरी केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याइएकामा उपचारकै क्रममा गएराति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
निष्ठुरी केवटको छातीमा चोट देखिएकाले कृष्णले इँटाले हानेको हुन सक्ने अनुमान प्रहरीको छ । कृष्णलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान थालेको छ ।
प्रकाशित मिति: ४ माघ २०८१, शुक्रबार












