गभर्नर अधिकारी भन्छन् – बैंकिङ प्रणालीमा अराजक गतिविधिहरू भइरहेका छन्



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ प्रणालीमा अराजक गतिविधिहरू भइरहेको बताएका छन्।

काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर अधिकारीले सो कुरा बताएका हुन् ।

उनले बैङ्किङ सिस्टममा आएको अराजकताको बारेमा सरोकारवालाहरूसँग छलफल गरिरहेको बताए ।

उनले वर्तमान समयमा बैङ्किङ क्षेत्रमा आएको अराजकताले दीर्घकालमा देशको अर्थतन्त्रलाई कति असर पार्छ भन्ने कुरामा जानकार रहेको भन्दै यसको समाधान हुने विश्वास दिलाए ।

पछिल्लो समय मुद्रास्फीति, बैंकमा तरलता बढेको भन्दै बैंकहरु व्यवस्थित हुँदै गएको बताए ।

प्रकाशित मिति: ७ माघ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्