एकीकृत समाजवादी ३२ लाख घाटामा
काठमाडौं । नेकपा एकीकृत समाजवादीले वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ।
पार्टी केन्द्रीय कार्यालयका लेखाप्रमुख खेमराज पौडेलले अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेका हुन्।
सार्वजनिक भएको प्रतिवेदन अनुसार एकीकृत समाजवादी ३२ लाख ८७ हजार १६४ रूपैयाँ घाटामा रहेको उल्लेख छ ।
गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६९१ रुपैयाँ आम्दानी भएको छ भने ४ करोड ५७ लाख ४० हजार ८५४ रूपैयाँ खर्च भएको उल्लेख छ।
पार्टीको यस आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा २०८० असोजमा सञ्चालित मेची-महाकाली जागरण अभियान, २०८१ जेठमा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन र यसैवर्ष सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भए÷गरेको खर्च विवरण उल्लेख छ।
सदस्यता, लेबी, प्रकाशन बिक्री, महाधिवेशन प्रतिनिधि शुल्क,अन्य नियमित सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोत रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशित मिति: ७ माघ २०८१, सोमबार












