तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु


 


तनहुँ। तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दमौलीबाट डुम्रेतर्फ आइरहेको गण्डकी प्रदेश-०३-००१.प.०३१० नम्बरको मोटरसाइकल पृथ्वीराजमार्गअन्तर्गत डुम्रे दमौली सडकखण्डको बेलभन्ज्याङमा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान खुलेको छैन । मोटरसाइकल दुईवटा साना पुलको बीचमा खसेको छ ।

प्रकाशित मिति: ८ माघ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्