गैँडाको आक्रमणबाट घाइते भण्डारीको मृत्यु



चितवन । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आक्रमणबाट घाइते भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

उनलाई यही माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो ।

प्रकाशित मिति: ९ माघ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्