बूढानीलकण्ठबाट चितुवाको उद्धार


 


काठमाडौं । वन कार्यालयको टोलीले काठमाडौंको बूढानीलकण्ठबाट एक चितुवाको उद्धार गरेको छ ।

वन कार्यालयले डार्ट गरेर आज बिहान बूढानीलकण्ठ नगरपालिका १३ भंगाल चोकबाट चितुवाको उद्धार गरेको हो ।

बिहान करिब साढे ८ बजेतिर चितुवा देखिएको सूचना पाएपछि डिभिजन वन कार्यालय काठमाडौंको टोली उक्त क्षेत्रमा पुगेको थियो।

सो टोलीले एकपटक डार्ट गरेर बिहान ११ बजेतिर चितुवा नियन्त्रणमा लिएको हो ।

चितुवालाई सुरक्षित रूपमा उद्धार गरेर थप उपचार र अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको छ ।

प्रकाशित मिति: १० माघ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्