गरिमा र महालक्ष्मी विकास बैंक ई-कमर्स कार्ड कारोवारको लागि एनसीएचएलमा आवद्ध


 


काठमाडौँ । गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकले कार्ड मार्फत हुने ई-कर्मस कारोवारको लागि नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को इएफटीमा आवद्ध भई थ्रीडी सेक्युर एसिएस सेवा सुरु गरेका छन् ।

उक्त सेवाको शुरुवात पश्चात् गरिमा विकास बैँक तथा महालक्ष्मी बिकास बैँकका कार्ड होल्डरहरुले सुरक्षित तरिकाले अनलाइन ई-कमर्स कारोबार गर्न सक्नेछन् ।

उक्त सेवा प्रयोग गर्नका लागि बैंकका कार्डहोल्डरहरुले आफ्नो कार्डमा एकपटक उक्त सुविधा सूचारु गर्नुपर्ने हुन्छ । ई-कमर्स कारोबार गर्दा थप सुरक्षित तरिकाले भेरिफिकेशन गर्न तथा ग्राहकले अथेन्टिकेट गर्न थ्रीडी सेक्युर एसिएस सोलुसन अत्यन्तै सुरक्षित माध्यम मानिनेछ ।

बैंक र एनसीएचएलकोे यस पहलले बढ्दो ई-कमर्स कारोबारलाई अझ सुरक्षित बनाउनुका साथै ग्राहकहरुलाई अनलाइन कारोवार गर्न थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २१ माघ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्