बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी नियुक्त
काठमाडौं, माघ २४ । बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी नियुक्त भएका छन् ।
पदपूर्ति समितिको बुधबारको निर्णय अनुसार सुवेदी कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् ।
प्राधिकरणको सुपरिवेक्षण महाशाखा प्रमुख रहेका सुवेदी कार्यक्षमता र जेष्ठताका आधारमा बढुवा सिफारिस भएका हुन् ।
कार्यकारी निर्देशक राजुरमण पौडेलले गत जेठमा अनिवार्य अवकास पाएपछि उक्त पद रिक्त थियो । कार्यकारी निर्देशकमा कमलराज रेग्मी, सुशीलदेव सुवेदी र पूजन ढुंगेल प्रतिस्पर्धामा थिए ।
प्रकाशित मिति: २४ माघ २०८१, बिहिबार











