स्कोर्पियो र ट्रक ठोक्किँदा पाँच जना घाइते



रौतहट । रौतहटमा मालबाहक ट्रक र स्कोर्पियो एक आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्।

रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गको चाँदी पुलमा मंगलबार बिहान मालबाहक ट्रक र स्कोर्पियो एक आपसमा ठोक्किँएको हो ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

चन्द्रनिगाहपुरबाट सर्लाही जाँदै गरेको ना ४ च ३६९४ नम्बरको स्कोर्पियो र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०१–००६ ख ५७२९ नम्बरको मालबाहक ट्रक एक आपसमा ठोक्किँदा स्कोर्पियोको चालक सहित पाँच जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

बाराको सिम्रौनगढ नगरपालिका–७ का सन्तोष कुशवाहाको टाउको र निधारमा चोट लागेको छ । उनको अवस्था चिन्ताजनक रहेको छ ।

प्रकाशित मिति: २९ माघ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्