अहिलेको सरकार भ्रष्टाचारीहरुको संरक्षक हो : प्रचण्ड
सुर्खेत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नैभ्रष्टाचारीहरुको संरक्षक रहेको आरोप लगाएका छन् ।
सुर्खेतमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकताको आधार तयार गर्नको लागि समाजवादी मोर्चाबाट सहकार्य गरेको बताएका हुन् ।
उनले सरकारले देश जनताका पक्षमा काम गर्न नबनेको भन्दै भ्रष्टहरूलाई बचाउन केन्द्रित भएको बताए।
अध्यक्ष प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउन र भ्रष्टाचारको निम्ति ठाउँ बनाउन बनेको आरोप लगाए ।
अध्यक्ष प्रचण्डले भने, ‘अहिले सरकार भ्रष्टहरूलाई जोगाउन केन्द्रित छ। त्यसैले सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभामा गएर अड्किएका छन्। पारित हुने अवस्था छैन। दुई तिहाइको अहंकारलाई धक्का खाएको छ। माओवादीले कुनै हालतमा अध्यादेश पास गर्न सघाउँदैन। अब जसपा नेपालको निर्णयले भर पर्छ।’
उनले सरकार अपारदर्शी र भ्रष्टाचारमा केन्द्रित भइरहे गलत कामलाई हेरेर नबस्ने बताए।
प्रकाशित मिति: २९ माघ २०८१, मंगलबार
















