भन्सार प्रमुखको सरुवा भएकोमा अर्थ समितिका सभापतिको गुनासो



काठमाडौँ । भन्सार प्रमुखको सरुवा भएकोमा अर्थ समितिका सभापति सन्तोष चालिसेले गुनासो गरेका छन् । समितिको बैठकमा बुधवार भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल भएको थियो । उक्त छलफलमा उनले यस्तो गुनासो गरेका हुन् ।

‘अस्ति भन्सार प्रमुखलाई राखेर छलफल गर्‍यौँ । ४ घण्टा बसेर भन्सारका समस्या सुनाएका थियौँ । अब उहाँको सरुवा भएछ,’ उनले भने, ‘सरुवा भएकाले हामीलाई समस्या भयो । फेरि नयाँ भन्सार प्रमुखलाई कसरी बुझाउने यो विषयमा हाम्रो अर्थमन्त्रीलाई सम्झाउनुर्यो ।’

भन्सार प्रमुख परिवर्तन भएकाले भन्सार विधेयक माथि छलफलमै अप्ठेरो भएको उनको भनाइ छ।

प्रकाशित मिति: ३० माघ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्