रोल्पामा जिप दुर्घटना हुँदा २ जना घाइते
रोल्पा । रोल्पाको माडीमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
घोराहीबाट परिवर्तन गाउँपालिका–२ राङ्सीतर्फ जाँदै गरेको भे १ ज १०११ नम्बरको जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा परेर दुई जना घाइते भएका हुन्।
घाइतेहरूलाई अहिले जिल्ला अस्पताल, लिबाङतर्फ ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहिबार
















