बबरमहलमा फुटेको पाइप मर्मतको काम जारी



काठमाडौं । बबरमहलमा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत भइरहेको छ।

विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको थियो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार बुधबार रातिबाटै पाइप मर्मतको काम थालिएको हो ।

उक्त पाइप फुट्दा बुधबार दिउँसो बबरमहल क्षेत्र डुबानमा परेको थियो ।

प्राधिकरणले ड्रिलिङको काम गर्दा पाइप फुट्न पुगेको थियो । पाइप फुटेपछि करिब ४ घण्टासम्म पानी आइरहेको थियो ।

प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्