सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि तोरणलाई, निरज एक स्ट्रोकले पराजित



काठमाडौं, १६ फागुन । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत पाँचौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि तोरण विक्रम शाहीले जितेका छन्।

५–अन्डर ६७ को स्कोरमा समग्रमा १८—अन्डर २७० सहित अत्यन्त रोमाञ्चक शैलीमा निरज तामाङलाई तोरणले एक स्ट्रोकले हराए।

उनले १२ वर्षपछि घरेलु टुरमा उपाधि जितेका हुन्। यसअघि सन् २०१३ मा यही प्रतियोगिताको उपाधि जितेका थिए। उनले नगद १ लाख ५० हजार प्राप्त गरे। उनको करियरको यो तेस्रो उपाधि हो।

च्याम्पियन तोरणले जतिकै ५ अन्डर ६७ स्कोर गरेका निरज समग्रमा १७ अन्डर २७१ सहित दोस्रो भए। उनले नगद १ लाख प्राप्त गरे।

प्रकाशित मिति: १६ फाल्गुन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्