लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली



काठमाडौं । संयुक्त राष्ट्र संघीय शान्ति मिसन अन्तर्गत लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ।
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि युनिफिल, लेवनानमा तैनाथ ईन्द्रध्वज गण (शान्ति सेना) ६५औं डफ्फालाई बदली गर्नका लागि सबुज गण (शान्ति सेना) ६६औं डफ्फाका १९३ जना नेपाली शान्ति सैनिकहरूको अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको हो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनानी सुमन सिलवालको नेतृत्वमा सोमबार नेपाली शान्ति सैनिक मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् ।

यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी ६५औं डफ्फामा कार्यरत १९३ जना शान्ति सैनिक प्रमुख सेनानी अर्जुन विक्रम थापाको नेतृत्वमा सोमबार नै स्वदेश फिर्ता भएका थिए ।

हाल उक्त मिसनमा नेपाली सेनाबाट डेपुटी फोर्स कमान्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र एकवटा गण गरी कूल ८७६ जना शान्ति सैनिक कार्यरत छन् ।

प्रकाशित मिति: ३ चैत्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्