अन्तरिक्षमा फसेका सुनीता र बुच पृथ्वीमा फर्किए
काठमाडौं । नौ महिनादेखि अन्तरिक्षमा फसेका अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किएका छन् ।
नेपाली समयअनुसार बुधबार बिहान ३ः५३ बजे चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तट नजिकै समुद्रमा आइपुगेको हो ।
अन्तरिक्ष स्टेसनबाट जमिनमा पुग्न यानलाई १७ घण्टा लागेको बताइएको छ ।
अन्तरिक्षयान द्रुत गतिमा पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि चार प्यारासुट खुलेपछि उनीहरूलाई अमेरिकाको फ्लोरिडास्थित तटमा बिस्तारै अवतरण गरियो ।
सुनीता र बुच सन् २०२४ को जुन ५ मा स्टारलाइनर परीक्षण यानबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) गएका थिए ।
त्यहाँ आठ दिन बिताएपछि फर्कनुपर्ने भएपनि अन्तरिक्षयानमा गडबडीका कारण उनीहरू उतै फसेका थिए ।
प्रकाशित मिति: ५ चैत्र २०८१, बुधबार
















