आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
अघिल्लो दिन शुक्रबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला नौ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँमा कारोबार भएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।
प्रकाशित मिति: ९ चैत्र २०८१, आइतबार
















