भोजपुरमा बिद्युत चुहावट नियन्त्रणः एक लाख २० हजार रकम असुली



भोजपुर फागुन २२

नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रले बिद्युत चुहावट नियन्त्रण अभियान अन्तर्गत करिव एक लाख २० हजार बढी रकम असुली गरेको छ ।

नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रले मिटर बिना नै बिद्युत चुहावट गर्नेहरुको छडके अनुगमन गर्दे जरिवाना समेत असुली गरेको हो ।

सदरमुकाम देखि पूर्वमा रहेको चरम्वी गाविस ५ का भीमप्रसाद घिमिरेले बिद्युत हुकिङ्ग गरी बिद्युत बाली रहेको पाइए पछि उनले बिद्युत लाइन काटेर ४१ हजार ५० रुपैया जरिवाना गरिएको नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रले जनाएको छ ।

बिद्युत चुहावट नियन्त्रण अन्तर्गत प्रहरी सहितको अनुगमनका क्रममा उनले बिना मिटर बिद्युत बाल्दै आएको भेटिएको थियो । यसैगरी भोजपुरको देउरालीमा रहेको ट्याम्के फर्निचर उद्योगले पनि बिद्युत चुहावट गरेको पाइए पछी फर्निचरलाई समेत ७८ हजार ६ सय १९ रुपैया जरिवाना तिराइएको नेपाल बिद्युत प्राधिकरण भोजपुरले जनाएको छ ।

नेपाल बिद्युत प्राधिकरणको बिद्युत चुहावट नियन्त्रण अभियान अन्तर्गत भोजपुरमा पनि अभियान शुरु भएको हो । ३ महिना भन्दा लामो अवधीसम्म बिद्युत महशुल भुक्तानी नगर्ने ग्राहकहरुको समेत लाइन काटेर बिद्युत महशुल असुली गर्दे आइएको प्राधिकरणले जनाएको छ ।

जिल्लामा यो अभियान निरन्तररुपमा जारी रहेको प्राधिकरणका कर्मचारीहरु बताउँछन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News