मेची महाकाली राष्ट्रिय अभियान प्रदेश नं २ तर्फ



सुनसरी, फागुन २३

नेकपा (एमाले) को मेची महाकाली राष्ट्रिय अभियान प्रदेश नं १ मा पूरा भई आज प्रदेश नं २ तर्फ लागेको छ । इनरुवामा आयोजित जनसभामा एमालेका शीर्षनेताहरु सहभागी भई सप्तरीको राजविराजतर्फ लाग्नुभएको हो ।

सभामा एमाले नेता लालबाबु पण्डितले संविधानको विरोधमा आउने कुनै पनि शक्तिसँग सामना गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो ।

नेत्री भगवती चौधरीले संविधानमा समावेशिताका सम्पूर्ण विषय रहेकाले अहिले संशोधनभन्दा निर्वाचनतिर जानुपर्ने बताउनुभयो ।

पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहितको केन्द्रीय टोली अभियानमा सामेल छ । सभा सुरु हुनुपूर्व मधेसी मोर्चाका केही कार्यकर्ताले विरोध प्रदर्शन गरे पनि शान्तिपूर्ण रुपमा सभा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News