मधेसमा गर्जिए अाेली, भन्छन्–अब मधेसमै अड्डा जमाएर बस्छौं



सप्तरी, फागुन २३

एमाले अध्यक्ष केपी शर्मा अाेलीले  एमाले मधेसको रैथाने पार्टी भएको बताए । २/४ जनाले भन्दैमा एमाले मधेस विरोधी पार्टी नहुने भन्दै उनले भने, ‘एमाले मधेस पस्यो, अब अड्डा जमाएर बस्छ ।’

झण्डै १० हजार सहभागी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो नेतृत्वको अघिल्लो सरकारले तराई मधेसमा विकासका दर्जनौं योजनाहरु ल्याएपछि विरोध भएको बताए ।

कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मधेसको धर्तीपुत्र आफू भएको बताए । मैथिली भाषामा सम्बोधन गरेका उनले नजिकै रहेका एमाले अध्यक्ष ओलीलाई देखाउँदै भने, ‘मभन्दा पुरानो धर्तीपुत्र केपी ओली हुन् ।’

बाहिर तनावपूर्ण अवस्था रहेपनि एमालेले औद्योगिक क्षेत्रभित्र आफ्नो कार्यक्रम सम्पन्न गरेको छ ।  आमसभालाई विथोल्न पुगेका मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा एक जनाकाे मृत्यु हुन पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News