सुनको मूल्यले बनायो ऐतिहासिक ‘रेकर्ड’ !



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य १ लाख ७६ हजार ८०० रुपैयाँ कायम गरेर नयाँ रेकर्ड बनाएको हो । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको थियो ।

चाँदीको मूल्य भने आज १५ रुपैयाँले घटेर २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: १६ चैत्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्