सुनको मूल्यमा दिनदिनै नयाँ ‘रेकर्ड’, प्रतितोला कति पुग्यो ?



काठमाडौं । आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको हो ।
योसँगै सुनको मूल्य अहिलेसम्मकै धेरै पुगेको छ ।

आइतबार सुन एक लाख ७६ हजार ८०० रुपैयाँ प्रतितोला पुगेको थियो।

चाँदीको मूल्य पनि सामान्य बढेर दुई हजार २५ बाट दुई हजार ३५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: १७ चैत्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्