इरानमा बस पल्टिँदा १४ जनाको मृत्यु, ४६ जना घाइते



तेहरान, १८ चैत । इरानको दक्षिणपूर्वी प्रान्त केरमानमा आइतबार एक अन्तरशहर सडकमा बस पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएको सरकारी समाचार एजेन्सी इर्नाले जनाएको छ ।

प्रान्तीय राजधानी केरमानबाट राभर काउन्टी जाने बाटोमा स्थानीय समय अनुसार साँझ ५ः१७ बजे यो घटना भएको इरनाले प्रान्तको आपतकालीन चिकित्सा सेवा केन्द्रका प्रमुख मोहम्मद साबेरीले बताउनुभयो ।

घाइते सबैलाई अस्पताल लगिएकोमा पाँच जनाको अवस्था गम्भीर रहेको उहाँले भन्नुभयो । उहाँले घटनाको कारण केही घण्टामै थाहा हुने जानकारी दिनुभयो ।

प्रकाशित मिति: १७ चैत्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्