सामान्य अंकले घट्यो नेप्से, ५ अर्ब ३० करोडको सेयर कारोबार
काठमाडौं । सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन सोमबार ३२.४५ अंकले घटेको नेप्से परिसूचक आज १.७३ प्रतिशतले घटेर २६७१.८० विन्दुमा कायम भएको हो।
नेप्से सामान्य अंकले घटेपनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ।
यसदिन ३२१ स्क्रिप्सको १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता सेयर ५ अर्ब ३० करोड ९५ लाख ६८ हजार ९९७ रुपैयाँमा खरिदबिक्री भए।
अघिल्लो दिन सोमबार ५ अर्ब ६५ करोड मूल्य बढीको सेयर कारोबार भएको थियो। परिसूचक सामान्य अंकले बढे पनि तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
बोटलर्स नेपाल,विन नेपाल लघुवित्त वित्तीय संस्था र नेपाल माइक्रो फाइनान्स इन्स्योरेन्सकोको सेयर १० प्रतिशतले बढेको हो। यसदिन कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो।
सो कम्पनीको ५९ करोड १४ लाख मूल्य बराबरको सेयर कारोबार भयो। हिमालयन रिइन्स्योरेन्सको ४० करोड मूल्य बराबरको सेयर कारोबार हुँदा नेपाल रिइन्स्योरेन्सको २३ करोड,युनाइटेड मोदी हाइड्रोपावरको २१ करोड र राधी विद्युतको १८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
६ समूहको उपसूचक बढ्दा ७ वटाको नकारात्मक देखिएका छन्। कारोबारमा आएकामध्ये १२१ स्टक्सको मूल्य बढ्दा १२३ वटाको घट्यो।
प्रकाशित मिति: २५ चैत्र २०८१, मंगलबार
















