तोलामा दुई हजार रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

मंगलबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला दुई हजार रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।

प्रकाशित मिति: २६ चैत्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्