नेपालले अफगानिस्तानलाई दियो १९२ रनको लक्ष्य
काठमाडौं । आईसीसी यू–१९ विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको तयारीमा रहेको नेपाली यू–१९ टोलीले अफगानिस्तानलाई १९२ रनको लक्ष्य दिएको छ।
जारी एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गर्दै नेपालले ४४.५ ओभरमा अल आउट हुदै १९१ रन बनाएको हो।
नेपालका लागि शाहील पटेलले सर्बाधिक ४६ रन बनाए। त्यस्तै निरज कुमार यादवले ४२ रन बनाए भने रोशन विश्वकर्माले २८ रन र नरेन भट्टले २२ रन बनाए।
त्यसैगरी अफगानिस्तानका बलर हाफिज जर्दानले ४ विकेट लिए भने अब्दुल अजिज र जैतुल्लाह शाहिनले २/२ विकेट लिएका थिए ।
३ खेलको एकदिवसीय सिरिजमा यसअघि खेलेका दुवै खेल अफगानिस्तानले जितिसकेको छ ।
प्रकाशित मिति: २६ चैत्र २०८१, बुधबार
















