उपकुलपति प्रा डा बरालको राजीनामा स्वीकृत



काठमाडौँ, २८ चैत । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आज उपकुलपति प्रा डा बरालको राजीनामा स्वीकृत गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

केही दिन अघि उपकुलपति प्रा डा बरालले प्रधानमन्त्री ओली समक्ष राजीनामा बुझाउनुभएको थियो । उहाँ २०८० फागुनमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त हुनुभएको थियो ।

प्रकाशित मिति: २७ चैत्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्